च्याम्पियन्स लिगमा आज रोमान्चक खेलहरु हुँदै, हेर्नुहोस नेपाली समयमा

च्याम्पियन्स लिग अन्तर्गत आज राति ८ खेल हुदैछ ।

समूह चरणको खेलमा युरोपेली क्लब फुटबलका ठुलो टिमहरु आमसे सामने हुन लागेका हुन् ।

मुख्य भिडन्तको रुपमा स्पेनिस महारथी रियल मड्रिड र फ्रान्सेली लिग वान च्याम्पियन पेरिस सेन्ट जर्मेन पीएसजीले प्रतिस्पर्धा गर्दैछन् ।

निकै विवादका बीच रियल प्रशिक्षक जिनेदिन जिदानले पीएसजीविरुद्व फरवार्ड ग्यारेथ बेललाई मौका दिने बताएका छन् ।

उनले फ्रान्सेली महारथीविरुद्व उत्रदै गर्दा बेल टिमको ठुलो हिस्सा हुने बताए ।

वेल्सलाई युरोकपमा छनोट बनाएर फर्किएका बेलले मिश्रित स्वागत पाएका थिए । धेरै समर्थकले उनीविरुद्व नारावाजी गरेका थिए । उनले छनोट खेल लगत्तै विवादीत ब्यानरमा खुसीयाली मनाएका थिए ।

जहाँ वेल्स, गल्फ मड्रिड क्रमबद्व रुपमा लेखिएको थियो । समर्थकलाई बेलको सो हर्कतले चित्त दुखाएको थियो ।

‘उनी हामीसंग रहन चाहन्छन्, राम्रो गर्न चाहना राख्छन् । उनले त्यो गर्छन् ।’ जिदानले भनेका छन् ।

रियल मड्रिडको भ्रमण गर्दै गर्दा पीएसजीसंग स्टार फरवार्ड नेयमारको साथ रहनेछ । उनी लामो समयपछि चोट मुक्त हुँदै मैदान फर्किएका छन् ।

लिग वानको खेलमा खासै प्रभावकारी नदेखिएका उनले रियल मड्रिडविरुद्व उच्च प्रर्दशन गर्ने अपेक्षा छ ।

आजै राति ईङ्लिस क्लब टोटेनहमले ग्रिसको ओलम्पियाकोस तथा म्यान्चेष्टर सिटीले युक्रेनको शख्तर डोनेट्स्कको भ्रमणमा निस्कने छन् ।

ईटालियन महारथी युभेन्ट्सले स्पेनिस क्लब एट्लेटिकोको भ्रमण गर्दा टर्कीको गलतासारेले बेल्जियमको क्लब ब्रुगसंग खेल्नेछ ।

यस्तै, रुसको लोकोमोटिभ मस्कोले जर्मनको बायर लिभरकुसनसंग, सर्बियाको रेड स्टार बेलग्रेडले जर्मनको बार्यन म्युनिखसंग तथा ईटालीको एटालान्टाले क्रोएसियाको डायनामो जाग्रेबको भ्रमण गर्नेछ ।

आज हुने सबै खेलहरु नेपाली समयमा हेर्नुहोस: