च्याम्पियन्स लिगमा अर्को सिजन पाँच स्पेनिश टिमले प्रतिस्पर्धा गर्ने

एजेन्सी, च्याम्पियन्स लिगमा अर्को सिजन पाँच वटा स्पेनिश टिमले प्रतिस्पर्धा गर्ने भएको छ। भिल्लारियलले युरोपा लिग जितेसंगै अर्को सिजन च्याम्पियन्स लिगमा स्पेनिश पाँच प्रतिनिधित्व जनाउने भएको हो।

उस्ले एट्लेटिको म्याड्रिड, बार्सिलोना, रियल म्याड्रिड र सेभिल्लाहरुसंग अर्को सिजन च्याम्पियन्स लिग खेल्ने भएको छ।

उनाइ एमेरीको टोलि पट १ मा समूह चरणमा एट्लेटिकोसंग रहदै बायर्न म्युनिख, इन्टर, म्यान्चेस्टर सिटि, स्पोर्टिङ लेस्बन, लिल र चेल्सी वा जेनिथसंग पर्ने सम्भावना बदि रहेको छ।

ला लिगामा सातौ स्थानमा रहेको भिल्लारियल नया प्रतियोगिता युरोपा कन्फेरेन्स लेगका लागि छनौट भैसकेको थियो। यद्यपि, अर्को सिजन कन्फेरेन्स लिगमा कुनै स्पेनिश प्रतिनिधि हुने छैन।

त्येस्तै युएफए सुपर कपमा भिल्लरियलले च्याम्पियन्स लिग विजेता चेल्सी वा सिटिसंग खेल्ने छ।