च्याम्पियन्स लिगको हार बावजुद बायर्नका युवा खेलाडीहरु संग मुस्कानको साथ फोटो लिए नेमारले

च्याम्पियन्स लिग जित्नु सबै फुटबल खेलाडीको सपना हुन्छ र फाइनलमा पुगेर हार्नुको पीडा पक्कै पनि धेरै ठुलो हुन्छ।

बायर्न म्युनिख संगको १-०को हार पछि पिएसजी र नेमार उपाधिको नजिक पुगेर पनि जित्न असफल भए र नेमार सो अवस्थामा धेरै भावुक र दु: खी भएको सबैले देखे तर उनले फ्यानहरुको लागि आफ्नो पीडा लुकाउँदै फोटो खिच्न तयार भए जो बायर्नका युवा खेलाडीहरु थिए।

च्याम्पियन्स लिगको खेल पछि बायर्न म्युनिखका केहि युवा खेलाडीहरुले नेमारसंग फोटो लिन अनुरोध गरे उपाधि गुमाएर दु: खी रहे पनि उनले अस्वीकार गरेनन र आफुलाई हराएको टिमका युवा फ्यानहरु संगै मुस्कानको साथ फोटो लिए।

नेमारको उक्त कार्यको कारण धेरैले उनको प्रशंसा गरेका छन्। सामाजिक संजालमा उनको सो युवा खेलाडीहरु संगको फोटो भाइरल भएको छ नेमारको नम्रता र आफ्नो फ्यान प्रतिको मायाले सबैको मन जितेको छ।