च्याम्पियन्स लिगको हार पछि पूर्व म्यानचेस्टर युनाइटेड स्टारले गरे सिटीको ट्रोल

इङलिस क्लब चेल्सीले अर्को इङलिस क्लब म्यानचेस्टर सिटिलाई हराउँदै च्याम्पियनस लिगको उपाधि जित्न सफल भएको छ। यो चेल्सीको दोश्रो च्याम्पियनस लिग उपाधि हो भने पहिलो पटक फाइनल पुगे पनि सिटी च्याम्पियनस लिग जित्न असफल भएको छ।

 

View this post on Instagram

 

A post shared by Patrice Evra (@patrice.evra)

पेप गार्डियोलाको सिटी च्याम्पियन्स लिगको फाइनलमा पराजित हुने बित्तिकै पूर्व म्यानचेस्टर युनाइटेड स्टारले म्यान सिटीको ट्रोल गरे। म्यान सिटीको च्याम्पियन्स लिग फाइनलको हार पछि युनाइटेडका पूर्व स्टार प्याट्रिक इभ्राले च्याम्पियन्स लिगमा सिटीको असफलता बारे ट्रोल गरे।

२००८मा युनाइटेड सँग च्याम्पियन्स लिग जितेका इभ्राले इन्स्टाग्राममा आफ्नो फोटो युनाइटेडका लेजेण्ड सर बबी चार्ल्टन सँग फोटोशप गरिएको पोस्ट गर्दै च्याम्पियन्स लिग ट्रफीमा अहिले सम्म सिटीको नाम रहेको भनेर ट्रोल गरे।

म्यानचेस्टर युनाइटेड र सिटी चिर प्रतिद्वन्द्वी हुन् र क्लब छोडेको धेरै समय बिते पनि सिटी प्रति इभ्राको भावनाहरू अझै पुरानो जस्तो रहेको देखिन्छ।

जित सँगै चेल्सीले दोस्रो पटक च्याम्पियनस लिग जितेको छ पहिलो चेल्सी पटक च्याम्पियनस लिगको उपाधि २०१२ मा बायन म्युनिखलाई पेनाल्टीमा पराजित गरी जित्न सफल भएको थियो। म्यानचेस्टर सिटिको भने यो पहिलो च्याम्पियनस लिग फाइनल थियो।