च्याम्पियन्स लिगको हारमा म्यान्चेस्टर युनाइटेडको ‘भयानक’ डिफेन्डिंग

च्याम्पियन्स लिगको खेलमा म्यान्चेस्टर युनाइटेड इस्तानबुल बासाक्सेहीर संग २-१ले हरेको थियो र उक्त खेल पछि युनाइटेडको ‘भयानक’ डिफेन्डिंग बारे सबै तिर आलोचना भएको छ र हाल सामाजिक संजालमा म्यान्चेस्टर युनाइटेडको डिफेन्डिंगको भिडियो भाइरल हुदै गएको छ ।

 

च्याम्पियन्स लिगमा पिएसजी र आरबी लेपजिग बिरुद्ध उत्कृष्ट जित हात पारेको युनाइटेडमाथि इस्तानबुलबिरुद्धको खेलको लागि फ्यानहरुमा विश्वास रहेको थियो तर युनाइटेडले २-१को हार बेहोरेको छ भने क्लबको डिफेन्डिंग र कोच ओले गुन्नार सोल्सजारको आलोचना भएको छ।

उक्त भिडियोमा युनाइटेडको खराब डिफेन्डिंग स्पष्ट रूपमा देख्न सकिन्छ। सो ‘भयानक’ डिफेन्डिंगबाट युनाइटेडका फ्यान आफ्नो क्लब संग धेरै क्रोधित भएका छन् भने केहिले आफ्नो कोचलाई बर्खास्त गर्न पनि अनुरोध गर्दै गरेका छन्।

गएको लिगको खेलमा पनि युनाइटेडले हार बेहोरेको थियो। १४ बर्स पछि पहिलो पटक युनाइटेडले आफ्नै होममा आर्सनल संग हारको सामना गरेको थियो।