च्याम्पियन्स लिगको फाइनल खेल पोर्चुगलमा हुने

युईएफए च्याम्पियन्स लिग फुटबलको फाइनल पोर्चुगलमा हुने भएको छ । पोर्चुगल फुटबल संघका अध्यक्ष मार्सेलो रेबेलोका अनुसार च्याम्पियन्स लिगका क्वाटरफाइनल चरण देखिका केही खेल पोर्चुगलमा हुन सक्ने सम्भावना छ ।

कोरोना भाइरसको महामारीका कारण स्थगित रहेको लिगमा अन्तिम १६ का केही खेल बाँकी नै छन् । कोरोनाका कारण गत मार्चबाट रोकिएको लिग आगामी अगस्टमा सुरु गर्ने युरोपियन फुटबल महासंघको तयारी छ । अगस्टमा प्रतियोगिता हुने भए पनि खेल मैदानको बारेमा भने निर्णय हुन बाँकी छ ।

युईएफएले च्याम्पियन्स लिगको फाइनल यसअघि इस्तानाबुलमा गर्ने बताइएको थियो । तर, मार्सेलो रेबेलोल युईएफए फाइनल पोर्चुगलमा उपयुक्त ठाउँ रहेको बताएका हुन् ।

अबका खेल बिनादर्शक हुने भएका कारण पनि होम एण्ड अवेको पद्दतिले खासै प्रभाव पर्नेछैन । तर, लिग सञ्चालनका बारेमा गर्ने पछिल्लो निर्णयले खेल मैदानको टुंगो लाग्नेछ ।