च्याम्पियन्स लिगको नकआउट चरणमा गोलमा सबैभन्दा धेरै योगदान भएका खेलाडीहरू

हाल यो सिजनको च्याम्पियन्स लिगको खेल सुरु भएको छ र फ्यानहरू धेरै उत्साहित रहेका छन्। च्याम्पियन्स लिग क्लब फुटबलकै सबैभन्दा ठुलो प्रतियोगिता रहेको छ भने यो प्रतियोगितामा गोल गर्ने पनि धेरै खेलाडीहरूको सपना हुने गरेको बेला केही खेलाडीहरूले भने गोल योगदानमा उत्कृष्ट रेकर्डहरू बनाएका छन्।

च्याम्पियन्स लिगको नकआउट चरण निकै कठिन हुने गरेका छ र नकआउट चरणको गोल निकै महत्त्वपूर्ण पनि हुने गरेको छ र प्रसिद्ध खेल वेबसाइट स्ट्यत बंकरले च्याम्पियन्स लिगको नकआउट चरणमा गोलमा सबैभन्दा धेरै योगदान भएका खेलाडीहरूको सुची तयार गरेको छ।

नकआउट चरणमा गोलमा सबैभन्दा धेरै योगदान भएका खेलाडीहरूको सुचीमा हाल म्यानचेस्टर युनाइटेडका सुपरस्टार खेलाडी क्रिस्टियानो रोनाल्डो शीर्ष स्थानमा रहेका छन्। ७९ खेलमा ६७ गोल र १० असिस्टको साथ उनको च्याम्पियन्स लिगको नकआउट चरणमा कुल ७७ गोल योगदान रहेको छ।

दोस्रो स्थानमा भने हालै पिएसजी गएका अर्जेन्टिनाका सुपरस्टार मेस्सी रहेका छन्। ७१ खेलमा उनले ४७ गोल गरेका छन् र १४ असिस्ट गर्दै उनको च्याम्पियन्स लिगको नकआउट चरणमा कुल योगदान ६१ रहेको छ।

तेस्रो स्थानमा भने बायर्न म्युनिखका मुलर रहेका छन्। ५४ खेलमा २३ गोल र १३ असिस्टको साथ उनको कुल योगदान ३६ रहेको छ।