“च्याम्पियन्स लिगको धुन सुनेर म उठ्ने गर्छु”

हाल डर्टमण्डका स्टार अर्लिङ अर्लिङ हालाण्डको निकै उत्कृष्ट प्रदर्शन रहेको छ। च्याम्पियन्स लिगमा उनको निकै राम्रो रेकर्ड रहेको छ भने उनी च्याम्पियन्स लिग खेल्न धेरै मन पराउँछन्।

स्पेनिस क्लब सेभियासँग २-२ गोलको बराबरीमा रोकिए पनि समग्रमा ५-४ को जित निकाल्दै डर्टमण्ड क्वाटर फाइनलमा पुगेको हो छ र हालाण्डको क्वाटर फाइनलमा खेल्न निकै उत्सुक छन्।

उनले टिभी २ लाई भने: “यो मेरो अलार्म टोन हो। म हरेक दिन च्याम्पियन्स लिगको धुन सुनेर उठ्छु। यो धुन सुनेर म कहिले थाक्दिन।

“म त्यो गान सुनेर उठ्छु। त्यसैले मेरो दिन सधैँ राम्रो सँग सुरुवात हुन्छ।”

मङ्गलवार राति भएको अन्तिम १६ को दोस्रो लेगमा स्पेनिस क्लब सेभियासँग २-२ गोलको बराबरीमा रोकिए पनि समग्रमा ५-४ को जित निकाल्दै डर्टमण्ड क्वाटर फाइनलमा पुगेको हो ।

पहिलो लेगमा डर्टमण्डले सेभियालाई ३-२ गोल अन्तरले पराजित गरेको थियो । तर, अर्लिङ हालाण्डले दुई गोल गरे पनि घरेलु मैदानमा डर्टमण्ड बराबरीमा रोकिन पुग्यो ।

खेलको ३५ औँ मिनेटमा हालाण्डले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । खेलको ५४ औँ मिनेटमा हालाण्डले पेनाल्टीमा व्यक्तिगत दोस्रो गोल गर्दै टिमलाई २-० को अग्रता दिलाए ।

तर, दुई गोलले पछि परेको सेभियाले पुनरागमन गर्‍यो । खेलको ६९ औँ मिनेटमा युसुफ एन नासरीले पेनाल्टीमा गोल गर्दै सेभियालाई २-१ को स्थितिमा ल्याए ।

त्यसपछि खेलको इन्जुरी समयमा युसुफले व्यक्तिगत दोस्रो गोल गर्दै सेभियालाई २-२ को बराबरीमा फर्काएका थिए । तर, अघिल्लो लेगको हारको कारण सेभिया प्रतियोगिताको अन्तिम १६ बाटै बाहिरिन पुग्यो ।