च्याम्पियन्स लिगको दौडमा रियल मेड्रिड र युभेन्ट्सपछि छ बार्सिलोना : डेल पिएरो

युभेन्ट्सका लिजेण्ड एलेजान्द्रो डेल पिएरोका अनुसार युरोपियन च्याम्पियन रियल मेड्रिड फेरि पनि च्याम्पियन्स लिगको दावेदार मध्ये अग्रस्थानमा रहेको बताएका छन् । साथै यी इटालियन लिजेण्डका अनुसार यो दौडमा रियलपछि युभेन्ट्स र बार्सिलोना रहेको बताएका छन् ।

डेल पिएरोलाई थाहा छ, च्याम्यिन्स लिग जित्नु कति कठिन हुने गर्छ र केवल उत्कृष्ट खेलाडीहरुलाई मात्र क्लबमा राखेर च्याम्पियन्स लिगको उपाधि जित्न नसक्ने बताउँछन् । यसै समर पोर्चुगिज स्टार क्रिष्टियानो रोनाल्डोलाई अनुबन्ध गरेको डेल पिएरोको पूर्व क्लब युभेन्ट्सलाई पनि यसपटक च्याम्पियन्स लिगको दावेदार मध्ये एक मानिएको छ ।

तर डेल पिएरोले भने युभेन्ट्सलाई यसपटक च्याम्पियन्स लिगको प्रबल दावेदार मानेका छन् । मिडियासँग कुरा गर्दै डेल पिएरोले भनेका छन्, “तपाईले आफैलाई विश्वास गर्नुपर्छ र च्याम्पियन्स लिग जित्नका लागि तयारी गर्नुपर्छ । क्लबलाई भाग्यमानी पनि हुनुपर्छ तर भाग्यमा मात्र यो कुरा निर्भर रहँदैन । क्वाटरफाइनलबाट शारीरिक र मानसिक रुपमा फिट हुनुपर्छ ।

रोनाल्डो बिना पनि रियल मेड्रिड उपाधिको दावेदार हो । युभेन्ट्स, सिटी र पेरिस सेन्ट जर्मेन दोस्रो दावेदारका रुपमा छन् । बार्सिलोना, लिभरपुल र बायर्न म्युनिख तेस्रो दावेदार टोलीहरुका रुपमा छन् । जिदानले रियलमा अविश्वसनीय काम गरे तर म्यानेजरहरु खेलाडीहरु जस्तो महत्वपूर्ण हुँदैनन् ।

दुनियाँमा कोही म्यानेजर पनि क्रिष्टियानो रोनाल्डो जस्तो महत्वपूर्ण हुन सक्दैन तर मलाई लाग्छ जिदानले रियल मेड्रिडमा अविश्वसनीय काम गरे ।”