च्याम्पियन्स लिगको ड्र सार्वजनिक; गत सिजनको फाइनल खेल राउन्ड अफ १६ मै

च्याम्पियन्स लिगको राउण्ड अफ १६ को ‘ड्र’ सार्वजनिक भएको छ ।

यूईएफएले सोमबार नकआउट चरणको ‘ड्र’ सार्वजनिक गरेको छ ।

सार्वजनिक ‘ड्र’ अनुसार साविक विजेता तथा स्पेनिस क्लब रियल मड्रिडले राउण्ड अफ १६ मा इंग्लिस क्लब लिभरपुललाई प्रतिद्वन्दी पाएको हो ।

पिएसजीले राउण्ड अफ १६ मा जर्मन क्लब बायर्न म्युनिखलाई प्रतिद्वन्दी पाएको छ ।

म्यानचेस्टर सिटीको प्रतिद्वन्दी जर्मन क्लब आरबी लाइपजिगसँग खेल्नेछ ।

चेल्सीले राउण्ड अफ १६ मा बोरुसिया डर्टमण्डलाई प्रतिद्वन्दी पाएको छ भने टोटेनहमले एसी मिलान प्रतिद्वन्दी पाएको छ।

त्यस्तै इटालियन क्लब नापोलीले जर्मन क्लब फ्रान्कफुर्टसँग खेल्दा पोर्चुगिज क्लब बेन्फिकाले क्लब ब्रुगको सामना गर्नेछ ।

इन्टर मिलानले पोर्टोलाई प्रतिद्वन्दी पाएको छ ।

नकआउट चरणका खेलहरु होम एण्ड अवेको आधारमा दुई लेगको हुनेछ ।

नकआउट चरणको पहिलो लेग फेब्रुअरी १४,१४,२१ र २२ हुनेछ । दोस्रो लेग ७,८,१४ र १५ मार्चमा हुनेछ ।