मंगलबार राति पोर्चुगलको लिस्बनमा भएको पहिलो सेमिफाइनलमा जर्मन क्लब आरबी लाइपजिगलाई ३-० गोलले पराजित गर्दै पिएसजी च्याम्पियन्स लिगको फाइनलमा पुगेको छ।
उक्त खेलमा जित पछि नेमारले इन्स्टाग्राममा आरबी लेपजिगलाई ट्रोल गरेका छन्। उनले रेड बुलको कप समातेको फोटो हालेर उनले लेखे “बुबा फाइनल पुगेको छ”।
Neymar on Instagram writing “dad’s going to the final” in Portuguese whilst he posts a vacation party picture with a Red Bull cup.
As you do. pic.twitter.com/Q9dfWzdy2p
— Jonas Giæver (@CheGiaevara) August 18, 2020
रेडबुल एनर्जी ड्रिंक कम्पनीले उक्त क्लबमा लगानी गरेको हो र नेमारले आफुले कप समातेर क्याप्शन राख्दै आरबीलाई ट्रोल गरेको हो।
Neymar Instagram story is brutal 🤣 pic.twitter.com/hJi35ObrWX
— Thomas Shelby 𓅓 (@ovovenga1) August 18, 2020
२८ वर्षका स्टारले उक्त खेलमा पनि निकै राम्रो प्रदर्शन गरे र फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) पहिलो पटक च्याम्पियन्स लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ ।
खेलको १३ औँ मिनेटमा पीएसजीले अग्रता बनाएको थियो । लेइप्जिगका डिफेन्डरले डिबक्स बाहिर नेयमारलाई लडाएपछि प्राप्त फ्रि-किकको अवसरलाई डिमारिया र मार्कुनियोसले गोल गरे । डिमारियाले चलाखीपूर्णरुपमा प्रहार गरेको फ्रिकिकलाई मार्किनियोसले हेडर गोल गर्दै खेलमा अग्रता बनाए ।
यस्तै ४२ औँ मिनेटमा गोलकिपर पिटर गुलस्किले मिस पास दिएपछि नेयमारको फ्लिक टचमा डि मारियाले गोल गर्दा पीएसजीले अग्रता दोब्बर बनायो । ५६ औँ मिनेमटमा डिमारियाले सहज पास निकालेपछि भेलास्कोले हेडमार्फत गोल गर्दै पीएसजीको ३–० को जित सुनिश्चित गरे ।
अब पीएसजीले उपाधिका लागि जर्मन क्लब बार्यन म्युनिख र फ्रान्सको लियोनबीचको विजेतासँग खेल्नेछ ।