“च्याम्पियन्स लिगको खेल सम्म म बार्सामै हुन्छु भन्ने कुरा निश्चित छैन”

BARCELONA, SPAIN - FEBRUARY 22: Lionel Messi and Quique Setien, head coach of FC Barcelona during the Liga match between FC Barcelona and SD Eibar SAD at Camp Nou on February 22, 2020 in Barcelona, Spain. (Photo by Pedro Salado/Quality Sport Images/Getty Images)

बार्सिलोना कोच क्विक सेटीन स्वीकार्छन् कि उनी च्याम्पियन्स लिगको खेलको समय सम्म बार्सामा हुने निश्चित छैन।

रियलले लालिगा उपाधि जिते पछि सेटीनले आफ्नो पद गुमाउन सक्ने कुरा स्वीकार गरे ।

र उनले बताए कि च्याम्पियन्स लिग पुनः सुरु हुनु अगाडीनै उनलाई क्लबले उनलाई बर्खास्त गर्न सक्छ, बार्साले च्याम्पियन्स लिगमा नेपोली बिरुद्ध राउन्ड ओफ १६मा दोस्रो लेग खेल्ने छ ।

सेटीनले भने, “के मैले च्याम्पियन्स लिगमा बार्सिलोनालाई प्रशिक्षण दिनेछु? म आशा गर्छु, तर मलाई थाहा छैन। म (लियोनेल) मेस्सीसँग केही चीजहरूमा, जस्तो आत्म-आलोचनामा सहमत छु। (…) म धेरै जिम्मेवार छु।

“म सक्षम र निश्चित ऊर्जाको भरिएको महसुस गर्दछु। म विश्वस्त छु कि हामी एक फरक टीम हुनेछौं, राम्रो मानसिक दृष्टिकोणको साथ र हामी अधिकतम ग्यारेन्टीसहित च्याम्पियन्स लिगमा प्रतिस्पर्धा गर्नेछौं।

“तब सम्म मआफु नियन्त्रण गर्न सक्ने कुरा गर्छु, तर बाँकीलाई म नियन्त्रण गर्न सक्दिन। मैले पहिले नै यी अवस्थाहरू अनुभव गरिसकेको छु।”