लिभरपूलले च्याम्पियन्स लिगको राउन्ड अफ १६को पहिलो लेगको खेलको लागि जर्मन क्लब आरबी लाइपजिगको सामना गर्ने छ तर खबर अनुसार लिभरपूलले जर्मनीमा प्रवेश गर्न पाउने छैन।
Breaking: Liverpool have been denied entry to Leipzig for the CL round of 16 first leg due to Covid rules. Onus now on Leipzig to find a neutral venue.
— Derek Rae (@RaeComm) February 4, 2021
उक्त खेल रेड बुल एरिनामा १६ फेब्रुअरीमा हुने तालिका थियो तर बेलायतमा फेला परेको नयाँ प्रकारको कोरोना भाइरसको कारण जर्मनीले बेलायतबाट जर्मनी प्रवेशमा प्रतिबन्ध लगाएको थियो।
🚨 BREAKING 🚨
Liverpool’s Champions League match against RB Leipzig on February 16th will not be allowed to take place in Germany pic.twitter.com/yw1yarRR57
— Football Daily (@footballdaily) February 4, 2021
हाल खबर अनुसार सो प्रतिबन्धबाट फुटबल खेलाडीहरू पनि छुट पाउने छैनन्। खेल अब ‘न्युट्रल’ स्थानमा हुने छ र सो स्थान खोज्न लाइपजिगको काम हुने छ र सो ठाउँमा हुने खेलको खर्च पनि लाइपजिग बेहोर्न पर्ने छ।
खेल लन्डनमा हुने पनि चर्चा रहेको छ तर केही पनि पुष्टि भएको छैन।