च्याम्पियन्स लिगको क्वाटरफाइनल ड्र सम्पन्न भएको छ र सेमी फाइनलमा ठाउँ बनाउन लिभरपुलले स्पेनिस क्लब रियल म्याड्रिडको सामना गर्ने छ। अन्तिम पटक २०१८मा च्याम्पियन्स लिगको फाइनलमा दुई बिच भेट भएको थियो र रियलले सो खेल ३-१ले जितेको थियो।
Jurgen Klopp on Real Madrid: “It’s exciting, exciting. It’s obviously a tough draw but I am fine with it because if you look at all the other teams you think, ‘Oh my god’ because they are all strong and all have quality, that’s clear.” [@LFC] #LFC
— LFC Transfer Room (@LFCTransferRoom) March 19, 2021
सो खेलमा रामोस र सलहाको घटना अझै पनि धेरैलाई याद रहेको छ भने दुई फेरी पनि क्वाटरफाइनल भेट्ने भएको छ।
सो बारे लिभरपुलका कोच क्लोपले बोलेका छन् र सो खेल रोमाञ्चक हुने उनले बताए। “यो धेरै रोमाञ्चक हुने छ” रेड्सका प्रमुख कोच क्लोपले ड्रको बारेमा भने।
“यो स्पष्ट रूपमा गाह्रो खेल हो तर म यो सँग सन्तुष्ट छु किनकि यदि तपाईँले अरू सबै टिमहरूलाई हेर्नु हुन्छ भने अरू टिमहरू पनि निकै राम्रो रहेको छ।
🎙| Klopp:
“Yes, Cristiano Ronaldo doesn’t play at Madrid anymore, but Ramos, Varane, Kroos, Modric, Casemiro, Carvajal and Benzema are still there and now Real Madrid have some young talents too.” pic.twitter.com/qLaVijTnSE
— Madrid Xtra. (@MadridXtra) March 19, 2021
“केवल दुई वर्ष अघि मात्र हामीले उनीहरूको सामना गर्नु परेको थियो र यो हाम्रो लागि गाह्रो रात थियो, त्यसैले रियल संग फेरि खेल्ने मौका प्राप्त गर्नु रमाइलो छ। “हामीले उनीहरूको एक पटक मात्र सामना गर्यौं, ठिक छ। तर, हो, यो सधैँ गाह्रो हुन्छ। मलाई लाग्छ कि म क्रिस्टियानो [रोनाल्डो] बिना पहिलो पटक रियलको सामना गर्दै छु। । सायद। [गरेथे] बेल बिना पनि।
“तर [सर्जियो] रामोस अझै त्यहाँ छन्, राफाएल भरान अझै छन्, [टोनी] क्रुस अझै छन्, लुका मोड्रिच, ड्यानियल कार्भजल र करिम बेन्जेमा अझै छन् ।
“र केही युवा खेलाडीहरू फेरि पनि म यस खेलको लागि प्रतीक्षा गर्दै छु। “