च्याम्पियन्स लिगको क्वाटरफाइनल ड्र सम्पन्न

एजेन्सी, च्याम्पियन्स लिगको क्वाटरफाइनलमा म्यानचेस्टर सिटीले बोरुसिया डर्टमुण्डलाई विपक्षी पाएको छ ।

यूरोपियन फुटबल महासंघले आज गरेको क्वाटरफाइनलको ड्र मा साविक विजेता बार्यन म्युनिखले बलियो प्रतिस्पर्धी पीएसजीसँग खेल्ने भएको छ ।

यस्तै रियाल मड्रिडले लिभरपुलसँग खेल्ने भएको छ । चेल्सीको प्रतिस्पर्धीका रुपमा एफसी पोर्टो रहेको छ ।

यो सिजनको क्वाटरफाइनलमा केहि ठूला टिमको यात्रा टुंगिने निश्चित भएको छ ।

जसमा पीएसजी र बार्यन तथा रियाल र लिभरपुलको खेलमा सबैको नजर हुनेछ ।