च्याम्पियन्स लिगको अन्तिम १६ मा पुग्ने रियल एकल स्पेनिस क्लब

एजेन्सी । च्याम्पियन्स लिगको अन्तिम १६ मा स्थान बनाउने रियल म्याड्रिड एकल स्पेनिस टोलि बनेको छ । रियलले अन्तिम १६ मा स्थान बनाइरहदा बार्सिलोना र सेभिया युरोपा लिगमा घटुवा भएको छ ।

शहरी प्रतिद्वन्दी एट्लेटिको म्याड्रिड भने समूह चरणबाट बाहिरिदा युरोपा लिगमा समेत स्थान बनाउन सकेनन् ।

२००४ पछि पहिलो पटक स्पेनिस टोलिको यति फितलो प्रदशन रहेको थियो ।

इंग्ल्याण्डका तीन टोलिले शिर्ष स्थान हासिल गर्दा स्पेनिस टोलिबाट रियल मात्र शिर्ष स्थानमा रहन सफल रह्यो ।

त्यस्तै, तुलनात्मक रुपमा सहज समूह मानिएको एट्लेटिको भने पुछारमा रहेको थियो । एट्लेटिको म्याड्रिडको समुहमा बायर लेभर्कुसेन, पोर्टो र क्लब ब्रुग रहेको थियो ।

यस्तै, च्याम्पियन्स लिगको अन्तिम १६ को ड्र नोभेम्बर ७ सोमबार हुनेछ ।