च्याम्पियन्स लिगको अन्तिम खेलमा बार्सिलोनाको जित

युइएफए च्याम्पियन्स लिग अन्तर्गत मंगलबार राती भएको खेलमा बार्सिलोनाले जित हासिल गरेको छ ।

समूह चरणको अन्तिम खेलमा भिक्टोरिया प्लेजेनबिरुद्ध बार्सिलोना ४-२ ले बिजयी भएको हो ।

खेलको पाचौं मिनेटमा बार्साका मार्कोस अलन्सोले गोल गर्दै अग्रता दिलाएका थिए ।

४३ औं मिनेटमा फेरान टोरेसले गोल गर्दै २-० बनाए ।

थोमस चोरीले ५० औं मिनेटमा गोल गर्दै प्लेजेनलाई सान्त्वना गोल गरे । ५३ औं मिनेटमा फेरि बार्साका फेरान टोरेसले गोल गर्दै ३-१ बनाए ।

६२ औं मिनेटमा प्लेजेनका चोरीले नै गोल गर्दै ३-२ बनाए । ७४ औं मिनेटमा बार्साका पाब्लो टोरीले गोल गर्दै ४-२ को जित दिलाए ।

जितसंगै बार्सिलोना समुहको तेस्रो स्थानमा रहेको छ भने अर्को चरणको यात्रा टुंगिएको छ र अब युरोपा लिगमा प्रवेश गर्नेछ । प्लेजेन भने चौथो स्थानमा रहदै बाहिरिसकेको छ ।