च्याम्पियन्स लिगको अन्तिम १६ को ड्र सार्वजनिक

एजेन्सी । युईएफएले सार्वजनिक गरेको अन्तिम १६ को ड्र मा पिएसजीले म्यान्चेस्टर युनाईटेडसंग प्रतिस्पर्धा गर्ने भएको छ त्यस्तै, सर्वाधिक विजेता रियल म्याड्रिडले पोर्चिगिज क्लब बेन्फिकाको सामना गर्नेछ ।

यस्तै एट्लेटिको मड्रिडले बार्यन म्युनिखसँग खेल्ने भएको छ । लिभरपुलले साल्सबर्गसँग प्रतिस्पर्धा गर्नेछ भने इन्टर मिलानले आयाक्सको सामना गर्नेछ । 

यस्तै युभेन्टसले स्पोर्टिङ लिस्बोनसँग खेल्नेछ भने चेल्सीले लिलसँग प्रतिस्पर्धा गर्नेछ ।

 

चेल्सी गत संस्करणको विजेता समेत हुन ।

प्रि क्वाटरफाईनलको पहिलो लेगको तालिका जानवरी १५,१६,२२ र २३ मा खेल्ने तय भएको छ ।

त्यस्तै, दोश्रो लेग ८,९,१५ र १६ फेब्रुअरीमा खेलाइने छ ।