च्याम्पियन्स लिग फाइनल: च्याम्पियन्स जित्दै सुखद बिदाइको खोजीमा अग्युरो

एजेन्सी, म्यान्चेस्टर सिटीको स्ट्राइकर सर्जियो अग्युरो क्लबको लागि अन्तिम खेल खेल्दै छ। आफ्नो खेल कारीअरको सबैभन्दा खेल खेल्दै सुखद बिदाइ चाहन्छन। सिटीका लागि अन्य उपाधी जिते पनि च्याम्पियन्स लिग जित्न सकेको थिएनन।

आज राती पेप गुवार्डिओलाको टोलीले क्लब ईतिहासमा पहिलो पटक च्याम्पियन्स लिग फाइनल खेल्दै छ। इग्लिश प्रतिद्वन्दी चेल्सीबिरुद्ध पोर्टोमा उत्रिदै छ।

यो खेल सिटी लेजेन्ड अग्युरोको लागि बिशेष गरी हनेछ। इतिहाद रंगसालामा आफ्नो अन्तिम खेलमा एभर्टनबिरुद्ध दुई गोल गर्दै किर्तिमान पनि रच्न सफल भएका थिए।

अग्युरो फाइनल खेलमा बेन्चमा रहने सम्भावना धेरै छ र एभर्टनको खेलमा जस्तै बेन्चबाट मैदान प्रवेश गर्ने छन।

ड एठ्लेटिकका अनुसार अग्युरो प्रशिक्षक पेप गुवार्डिओलासँग केही साता रुष्ट रहेको खबर छ। उन्लाई गुवार्डिओलाले थत सम्झौताको प्रस्ताव नगरदा उनी रुष्ट भएको हो।

यि दुई जनाको सम्बन्धमा केही चिसोपन आए पनि गुवार्डिओला अग्युरोको बिदाइलाई लिएर भाबुक बनेका थिए। उन्ले सिटीले अग्युरोको स्थानमा अरु खेलाडीले प्रतिस्ठापन गर्न असम्भव रहेको बताए।

” हामी अग्युरोलाई एकदम माया गर्छौ, ” भाबुक हुँदै भने ” उ एकदम बिशेष व्यक्ती हो, मलाई धेरै सहयोग गरेको छ र एकदम राम्रो मान्छे हो, “।

” हामीले उस्लाई प्रतिस्ठापन गर्न सक्दैनौ। जो हार्ट, डेभिड सिल्भा र् अग्युरोले गर्दा आज यो क्लब यहाँ सम्म आएको हो”।

अग्युरोको चेल्सीसँगको रेकर्ड उत्क्रष्ट रहेको छ्। चेल्सीबिरुद्ध २२ खेल खेल्दा १५ गोल र ३ अस्सिट दिएका छन।