“च्याम्पियनस लीगमा बार्सिलोना संग खेल्न नपरोस्” – नेमार

ब्राजीलका सुपरस्टार विश्वकै सबैभन्दा महँगो खेलाडी बनेपछि आफ्नो पुरानो क्लबको सामना गर्नुपरेको छैन, उनले एक वर्ष अघि €२२२ मिलियन डलरमा बार्सा छोडेर पिएसजी गएका थिए ।

र शुक्रबार हुने च्याम्पियनस लिगको समूह चरणको ड्र मा, नेमारले भने कि उनी च्याम्पियन्स लीगमा बार्सा संग सामाना गर्न तयार नरहेको बताए । २०१४/१५ मा बार्सा विजेता हुँदा, युभेन्ट्स संग ३-१ को जित हात पारेको थियो जस्मा अन्तिम गोल नेमारले गरेका थिए ।

“म बार्सा को खेलाडीहरूसँग सम्पर्कमा रहिरहेको छु,” नेमारले भने।

“मेरो धेरै मिल्ने साथीहरू छन्, जो उत्कृष्ट खेलाडी पनि हुन।

यो च्याम्पियनस लीगमा बार्सा संग सामना गर्न निकै गाह्रो हुने छ, र म आशा गर्छु कि बार्सिलोना संग खेल्न नपरोस् ।”