च्याम्पियनस लिगको अन्तिम १६ को ड्र पुनः हुने

एजेन्सी, युएफा च्याम्पियनस लिगको अन्तिम १६ को ड्र पुनः गरिने भएको छ। रिपोर्टका अनुसार केही टेक्निकल समस्याका कारण हालको ड्रलाई रद्द गरिएको भनिएको छ। 

च्याम्पियनस लिगको अन्तिम १६ को ड्र पुर्ण रुपमा पुनः हुने भनिएको छ। यस अघि युईएफएले सार्वजनिक गरेको अन्तिम १६ को ड्र मा पिएसजीले म्यान्चेस्टर युनाईटेडसंग प्रतिस्पर्धा गर्ने थिए।
एट्लेटिको म्याड्रिडको बार्यन म्युनिकसंग र अरु ठुला क्लबहरुको सजिलै बिपक्षी परेको थियो ।