‘चोरहरुले मात्र भिएआरको आलोचना गर्छ’ – जोसे मोरिन्हो

पुर्व म्यान्चेस्टर युनाइटेडका पोचुगिज प्रशिक्षक जोसे मोरिन्होले भिएआरबिरुद्ध चोरहरु मात्र बोल्छन् भनेका छन ।

गत साता म्यान्चेस्टर सिटी र टोटेन्ह्याम बिरुद्धको खेलमा अन्तिम मिनेटमा जेजसले गरेको गोल भिएआरले गर्दा नदिएपछि म्यान्चेस्टर सिटी २-२ को बराबरीमा रोकेको थियो ।

खेल पछि म्यान्चेस्टर सिटीमा फ्यानहरुले भिएआरको कडा आलोचना गरेका थिए ।

यस विषयमा बोल्दै जोसे मोरिन्होले व्यंग्यात्मक तर्क दिएका छन ।

“खाली चोरहरुले सेक्युरिटी क्यामेरा विरुद्ध आलोचना गर्छ ।”

इङलिस प्रेमिएर लिगमा यस सिजन देखि भिएआर ल्याइएको हो ।