चोतग्रस्त बार्सिलोनाको सुरुवाती ११ बाट आदि भन्दा धेरै खेलाडी घाइते

बार्सिलोना एकपछि अर्को खेलाडीको चोटले गर्दा संकटमा परेको छ । दुई हप्ताको बीचमा उसका ठ जना खेलाडी घाइते भएका छन् । दुई साताअघि इभान राकिटिक र फिलिपे कोउटिन्हो घाइते भएर मैदान फर्किन नपाउँदै एकैपटक ४ जना खेलाडी भएका छन् । गत शनिबार राति एथ्लेटिको मड्रिडविरुद्धको खेलमा ४ जना खेलाडी घाइते भएका हुन् ।

सो खेलको भोलिपल्ट क्लबले सर्जी रोवेर्टो र राफिन्हा घाइते भएको जानकारी गराएको थियो । जसमा रोवेर्टो १ महिना मैदानबाहिर रहनेछन् भने राफिन्हा ९ महिना मैदानबाहिर रहेन भएका छन् । तर, बार्सिलोनाका अन्य ३ जना खेलाडी पनि घाइते भएका छन् । एथ्लेटिकोविरुद्धको खेलछि चेकजाँक्रममा अन्य २ जना खेलाडी पनि घाइते भएको खुलेको हो ।

बार्सिलोनाले च्याम्पियनस लिगमा बुधबार राति पिएसभी इन्डोभिनसँग पाँचौं खेल खेल्दैछ । सो खेलका लागि सार्वजनिक गरिएको बार्सिलोनाको खेलाडी सूचीमा लुइस स्वारेज र अर्थुर परेका छैनन् । स्वारेजको घुँडामा समस्या देखिएको छ । यता, अर्थुरको पनि खुट्टामा समस्या देखिएको छ । स्वारेज र अर्थुर २ हप्तासमम मैदानबाहिर रहनेछन् ।

यता, बार्सिलोनाका दोस्रो रोजाइका गोलरक्षक ज्यास्पर सिलेनी पनि घाइते भएका छन् । प्रशिक्षणक्रममा घाइते भएका उनी ३ सातासम्म मैदानबाहिर रहने क्लबले उल्लेख गरेको छ ।