चोट ग्रसित भए पछि भावुक हुँदै मैदान छोडे एम्बाप्पे

काइलियन एम्बाप्पे शुक्रबार सेंट इटिएन बिरुद्धको खेलमा चोट ग्रसित हुन पुगेका थिए र उनि भावुक हुँदै आँसुको साथ मैदान छोड्न बाध्य भए।

खेलको क्रममा काइलियन एम्बाप्पे संग बल हुँदा सेंट इटिएनका खेलाडीले उनि माथि फाउल गर्न पुगे र उनि चोट ग्रसित भए। उक्त फाउल निकै जोखिमपूर्ण थियो र जस्को लागि लुइक पेरिन रातो कार्ड पनि पाए एम्बाप्पेलाई फाउल भए पछि दुई टिमका खेलाडीहरु बीच केहि झगडा नि हुन पुगेको थियो।

उक्त फाउलले उनि चोटग्रसित हुन पुगे र उनि मैदान छोड्न बाध्य भए।

चोटबाट उनि निकै दु: खी देखिन्थे र मैदान छोड्ने क्रममा उनि भावुक हुन पुगे र आँसुको साथ मैदान छोड्न बाध्य भए।

पिएसजीले हाल च्याम्पियन्स लीगको खेलहरुको लागि तयारी गर्दै छ काइलियन एम्बाप्पेको चोटले क्लबलाई नोक्सान हुन सक्ने छ।