चोटको कारण मेस्सीले ओसासुना विरुद्वको खेल पनि गुमाउने

चोटको कारण लिगको पछिलो २ खेल गुमाएका लियोनल मेस्सीले ओसासुना विरुद्वको खेल पनि गुमाउने भएका छन् ।

बार्सिलोनाका म्यनेजेर भाल्भार्डेले शनिबार हुने ओसासुना संगको खेलमा मेस्सीले नखेल्ने पुस्टि गरेका छन् ।

‘उनीले विस्तारै निको हुदैछन् । आशा गरौ उनी भ्यालेन्सियाविरुद्वको खेलमा उपस्थित हुनेछन् । र च्याम्पियन्स लिगको खेलमा । हेरौ दुई हप्तामा उनको चोटले कुन रुप लिन्छ ।’ भाल्भार्डेले भनेका छन् ।

चोटकै कारण मेस्सीले ला लिगाको सूरुवाती दुई खेल गुमाएका थिए । उनी गत सिजन कोपा डेल रेको फाईनल खेलेपछि मैदान उत्रिएका छैेनन् ।

उनी तिघ्राको चोटका कारण प्रि–सिजनमा समेत अनुपस्थित थिए । मेस्सी अनुपस्थित लिगको पहिलो खेलमा बार्सिलोना एथ्लेटिको बिल्बाओसंग १–० ले पराजित भएको थियो । दोस्रो खेलमा बार्साले रियल बेटिसलाई ५–२ गोल अन्तरले हराएको थियो ।

स्पेनिस लिगको तेस्रो खेलमा बार्सिलोनाले आज ओसासुनाविरुद्व खेल्दैछ ।