चोटको कारण जोविकले यो सिजन गुमाउन सक्ने

रियाल म्याड्रिड कोच जिनेडिन जिदान ले लुका जोविचको सिजन समाप्त हुने सम्भावना धेरै रहेको बताएका छन्।

सर्बियाई फारवर्डको मेमा उनको खुट्टा भाँचेको थियो र उनि यो सिजन मैदान बाहिर हुन सक्ने जिदानले बताएका छन।

फ्रान्कफर्टका स्टार जोविकको यो रियलमा पहिलो सिजन थियो र उनको लागि यो सिजन राम्रो हुन सकेको छैन र चोटको कारण उनले अब पुरै सिजन गुमाउने खबर छ।

“(इडन) ह्याजार्डमा म खुशी छु, उनी चोटबाट फिर्ता आएका छन् र पूर्ण फिट छन्, उनी फेरि समूहमा सामेल भएका छन् र उनले हामीलाई मद्दत गर्न सक्छन। खराब समाचार जोविक चोट हो,” उनले भने।

“उनि आफ्नो घरमा घाइते हुन पुगे। यो दुर्भाग्य हो, स्पष्ट छ किनकि अब उनि पिचबाट टाढा हुने छन्।

“हामी कति दिनको लागि जान्दैनौं, तर हामी उनि चाडो टिममा फर्केको देख्न चाहन्छौं। यो निश्चित रूपमा खराब खबर हो – हामी आशा गर्छौं कि उहाँ सकेसम्म चाँडो फर्किने छन्, सिजन समाप्त हुनुभन्दा अघि।”