चोटको कारण एसेनसिओले पुरा सिजन गुमाउने

रियल म्याड्रिडका स्टार मिडफिल्डरले चोटको कारण पुरा सिजन गुमाउन सक्ने भएका छन्। आर्सनल बिरुद्धको खेलमा रियल म्याड्रिडका एसेनसिओ घाइते हुन पुगेको थिए। अस्पतालले उनको चोट गम्भीर रहेको र उनि चोटबाट ठिक हुन ९ महिना सम्म लग्न सक्ने भनेका छन् जसको कारण उनले आउँदो सिजन गुमाउन सक्ने छ।

डाक्टरहरुको अनुसार उनको बायाँ घुंडाको हड्डी जोड्ने तन्तुमा चोट परेको छ उनि मैदान फर्किन असंभव छ र उनले आउँदो सिजन गुमाउन सक्ने छन्।

उनको चोटको कारण अमेरिकाको फैडेक्स फील्ड मैदान हुन सक्ने भनेर धेरैले भनेको छन् । उक्त मैदानमा खेलाडी घाइते हुने दर निकै धेरै रहेको छ।