चोटका कारण नेमार ६ हप्ता मैदान बाहिर रहने

एजेन्सी, फ्रेन्च क्लब पि.एस.जिका ब्राजिलियन स्टार खेलाडी नेमार चोटका कारण ६ हप्ता सम्मका लागि मैदानमा उत्रन नसक्ने देखिएको छ। फ्रेन्च लिग वानमा सेन्ट-एटिन र पेरिस सेन्ट जर्मेन बिचको खेलमा नेमार चोट ग्रसित हुन पुगेका थिए।

खेलको ८५ औँ मिनेटमा उनी माथि सेन्ट-एटिनका खेलाडीले निकै खतरनाक ट्याकल गरिएको थियो जसको कारण उनी चोट ग्रसित भएका थिए र उनलाई स्ट्रेचरमा मैदान बाहिर लगिएको थियो।