चेहेरले आइपिएलको अधिकांश खेल गुमाउने

एजेन्सी, चेन्नाई सुपर किङ्सका बलर दिपक चेहेरले इन्डियन प्रिमियर लिग (आईपिएल)का अधिकांश सिजन नखेल्ने भएको छ । वेस्ट इन्डिजविरुद्धको तेस्रो टि२० आईमा चोट लागे पछि अधिकांश सिजन गुमाउने भएको हो ।

तिव्र गतिका बलर चेहेरलाई चेन्नाईले मोटो रकममा क्लबमा अनुबन्धन गरेका थिए ।

उनलाई भित्र्याउन चेन्नाइले अक्सनमा १४ करोड भारु खर्चेका थिए ।

त्यस्तै, चेन्नाईले बन्द प्रशिक्षण सुरतमा गर्ने तयारी गरेको छ ।

आइपिएलका लागि मार्च ८ देखि प्रशिक्षण सुरु हुने बताएको छ । सिएसकेका कप्तान महेन्द्र सिंह धोनी सहयाक प्रशिक्षक लक्ष्मीपथी बलाजी तथा अन्य पदाधिकारीहरु सुरत पुगिसकेका छन ।