चेल्सी हालन्डका लागि उच्च रकमको प्रस्ताव तयार गर्दै

एजेन्सी, इङलिस क्लब चेल्सी जर्मन क्लब बोरुसिया डोर्ट्मण्डका स्टार फर्वार्ड अर्लिङ हालन्ड भित्र्याउनका लागि प्रस्ताव गर्ने तयारीमा छन्। रिपोर्टका अनुसार हालन्डका निम्ति डोर्ट्मण्डसँगको उक्त प्रस्ताव करिब १५० मिलियन पाउन्ड सम्मको हुनेछ।

रिपोर्टका अनुसार म्यानचेस्टर सिटी, म्यानचेस्टर युनाइटेड, बार्सिलोना, रियल म्याड्रिड जस्ता धेरै क्लबहरुले उनलाई भित्र्याउन चाहेता पनि कोभिड १९ का कारण परेको आर्थिक असरका कारण थोरै क्लबहरु मात्र उनलाई अर्को सिजन भित्र्याउन इच्छुक छन्।
रिपोर्टका अनुसार उनको रिलिज क्लज ७५-१०० मिलियन युरो तोकिएको छ जुन २०२२ मा मात्र लागू हुनेछ। उनी २०१९ मा करिब २० मिलियन युरोमा साल्जबर्गबाट डोर्टमण्डमा अनुबन्धित भएका थिए। उनले डोर्टमण्डका लागि ५९ खेलमा ५७ गोल गरि सकेका छन्।