चेल्सी सँगको हार पछि सर्जियो अग्वेरोले मागे माफी

ईंग्लिश प्रेमियर लिग अन्तर्गत शनिवार राती म्यानचेस्टर सिटी चेल्सी सँग पराजित भएको थियो। चेल्सीले म्यानचेस्टर सिटिलाई २-१ ले पराजित गरेको छ। चेल्सीको यो जित सँगै सिटीको उपाधि यात्रा लम्बिएको छ भने चेल्सी अङ्क तालिकाको तेस्रो स्थानमा उक्लिन सफल भएको छ।

उक्त खेलमा हार पछि सिटीका स्टार स्ट्राइकर अग्वेरोले आफ्नो टिम मेट, क्लबका स्टाफ र फ्यानहरू सामु माफी मागेका छन्। खेलमा सिटीको अग्रता रहेको समय दोस्रो हाफ अन्त्य हुनु अगाडी सिटीले पेनाल्टी पाएको थियो र अग्वेरोले उक्त पेनाल्टी निकै खराब प्रहार गरे जसलाई चेल्सीका गोलकिपर मेन्दीले सजिलो सँग क्याच गरे।

अग्वेरोको उक्त प्रयासको निकै आलोचना भएको थियो। उनले पनेंका पेनाल्टी प्रहार गर्न प्राय गरेका थिए जुन असफल रह्यो र सो किक निकै खबर बन्यो।

दोस्रो हाफमा चेल्सी खेलमा हाबी भयो र ६३ औ मिनेटमा सेजार अज्पुलेसेटाको पासमा हकिम जिएचले गोल गरी चेल्सीलाई पुनः खेलमा फर्काए। खेलको अन्तिम मिनेटमा चेल्सीका मार्कस एलोन्सोले टिमो वर्नरको पासमा विजयी गोल गरे।

उक्त हार पछि स्टार स्ट्राइकरले आफ्नो ट्विटर मार्फत माफी मागे। उनले लेखे: “पेनाल्टी मिस भएकोमा म मेरो टिम मेट, स्टाफ र समर्थकहरूसँग माफी माग्न चाहन्छु। यो नराम्रो निर्णय थियो र म पूर्ण जिम्मेवारी लिन्छु।”

हार पछि सिटी ८० अङ्क सहित तालिकाको पहिलो स्थानमा यथावत् छ भने चेल्सी ६४ अङ्क सहित तालिकाको तेस्रो स्थानमा छ। दोस्रो स्थानमा ६७ अङ्क सहित म्यानचेस्टर युनाइटेड रहेको छ।