चेल्सी वर्नर बेच्न तयार

एजेन्सी, इङलिस क्लब चेल्सी आफ्नो जर्मन खेलाडी टिमो वर्नर बेच्न तयार देखिएका छन्। रिपोर्टका अनुसार अर्लिङ हाल्न्ड जस्ता महँगा खेलाडी भित्र्याउनका निम्ति चेल्सी वर्नर बेच्न तयार रहेका छन्।

चेल्सीले गत वर्ष नै जर्मन क्लब आर.बि लाइप्जिगबाट करिब ४७.५ मिलियन पाउन्डमा ५ वर्षको सम्झौतामा वर्नरलाई भित्र्याएका थिए। चेल्सीको जर्सी वर्नरले आशा अनुरुप प्रदर्शन भने गर्न सकेका छैनन्। चेल्सीले वर्नर बेचेको खण्डमा उक्त पैसाले क्लबको अर्का महँगा खेलाडीहरु भित्र्याउने योजनामा मद्दत पुर्याउने देखिन्छ।
२५ वर्षका जर्मन फर्वार्ड वर्नरले चेल्सीका लागि ५२ खेलमा १२ गोल गरेका छन्। लाइप्जिगका लागि भने उनले १५९ खेलमा ९५ गोल गरेका थिए। आफ्नो राष्ट्रिय टोलिका लागि पनि उनले ४२ खेलमा १६ गोल गरेका छन्।