चेल्सी र लिभरपुलको सान्दार जित

प्रि-सिजन मैत्रीपूर्ण खेलमा इङ्लिस क्लब चेल्सी र लिभरपुलले सहज जित हासिल गरेको छ।

बुधवार राति भएको खेलमा चेल्सीले साल्जबर्जलाई ५-३ गोलले हरायो। चेल्सीले पहिलो हाफमा ३ गोल गरेका थिए। २० र २८ औं मिनेटमा चेल्सीका पुलिसिकले दुई गोल तथा २३ औं मिनेटमा रोस बार्कलीले पेनाल्टीमा गरेका थिए।

दोस्रो हाफमा साल्जबर्जले गोल गदैं खेल ३-१ मा पुराए। त्यस पछि चेल्सीले थप गोल गरे। उसका लागि पेड्रोले ५७ औं मिनेटमा गोल गरे र ४-१ मा पुराए। त्यस्तै साल्जबर्जका मिनामिनोले दुई गोल गरे भने चेल्सीका बात्तहूयीले एक गोल गदै चेल्सीले खेल ५-३ ले जिते।

अर्को खेलमा खेलमा लिभरपुलले लियोनलाई ३-१ गोलले हारायो। लियोनको लागि डिपेले ४ मिनेटमा पेनाल्टीमा गोल गरेका थिए। लिभरपुलले त्यस पछि दुई गोल फर्काउँन सफल भए। उसका लागि फर्मिनोले एक गोल र अर्को गोल उपहार पाएको थियो। ५३ औं मिनेटमा विल्सनले थप गोल गदै लिभरपुलले लियोन माथि ३-१ को सहज जित दिलाए।