चेल्सी र म्यान्चेष्टर युनाइटेड फए कपको सेमिफाइनलमा

गएराति भएको एफए कपको क्वाटरफाइनलमा लेस्टर सिटीलाई पराजित गर्दै चेल्सी सेमिफाइनलमा प्रवेश गरेको छ । घरेलु मैदानमा भएको खेलमा लेष्टरले चेल्सीसँग १-० ले हार बेहोरेको हो । चेल्सीको जितमा रोस बार्क्लीले गरेको गोल नै निर्णयक बन्यो ।

पहिलो हाफसम्म बराबरी खेलेको लेष्टरले दोस्रो हाफपछि ६३ औं मिनेटमा गोल खाएको थियो । यसअघि आर्सनल सेमिफाइनल पुगिसकेका छ । त्यस्तै गएराति नै भएको क्वाटरफाइनल खेलमा नर्विच सिटीलाई २-१ ले पराजित गर्दै म्यानचेस्टर युनाइटेड पनि सेमिफाइनल पुगेको छ ।

निर्धारित समयसम्म दुवै टिमले १-१ गोलको बराबरी खेलेका थिए । ५१औं मिनेटमा ओडिअन इघालोले गरेकोे गोलले म्यान्चेष्टर युनाइटेडले पहिले अग्रता लिएको थियो । त्यसपछि नर्विचले खेलको ७५औं मिनेटमा बराबरी गोल फर्कायो ।

उसका लागि टडले गोल गरेका थिए । र खेलको अन्तिम समयसम्म कसैले गोल नगरेपछि खेलको निर्धारित समय बराबरीका सकिएको थियो । त्यसपछि अतिरिक्त समय थपिएको थियो । ८९औं मिनेटमा नर्विच १० खेलाडीमा समेटिएको थियो। डिबक्स छेउमा नर्विचका टिम क्लोजले युनाइटेडका इघालोलाई फल गरेपछि टिमले सीधै रातो कार्ड पाएका थिए।

अतिरिक्त समयको फाइदा उठाउदै युनाइटेडले खेलको एक सय १८औं मिनेटमा अर्को गोल थप्यो । जसका लागि ह्यारी म्यागुएरले गोल गरेका थिए । अन्तत म्यान्चेष्टर युनाइटेडले २-१ को गोलअन्तरले बिजयी हुँदै सेमिफाइनल पुुगेको छ ।