चेल्सी पनि युवा स्टार स्ट्राइकर साइन गर्ने दौडमा सामेल हुने

चेल्सी पनि रियल म्याड्रिड, म्यानचेस्टर सिटी र बार्सिलोना जस्तो क्लब संग बोरुसिया डर्टमन्डका स्टार एर्लिङ हालान्ड साइन गर्ने दौडमा सामेल भएको खबर छ।

हाल एर्लिङ हालान्ड विश्व फुटबलमा एक उत्कृष्ट युवा प्रतिभा मध्ये एक रहेका छन् र उनि माथि धेरै क्लबको चासो रहेको छ। धेरै क्लबहरुको नजर उनि माथि रहेको छ रियल, बार्सा, युनाइटेड, र सिटी जस्तो क्लब उनिमा इच्छुक रहेको समय हाल चेल्सी पनि उनलाई साइन गर्ने प्रतिस्पर्धामा सामेल हुने खबर छ।

२० वर्षका युवा स्टार स्ट्राइकरको खेल निकै राम्रो रहेको छ र रियलले उनलाई आफ्नो मुख्य लक्ष्य बनाए पनि धेरै क्लबको नजर उनि माथि रहेको कारण उनको लागि ठुलो प्रतिस्पर्धा हुने देखिन्छ।

एर्लिङ हालान्ड २०२१मा नयाँ क्लबमा जान सक्ने खबर छ भने डर्टमन्डले उनको लागि £१०० मिलियन भन्दा माथिको माग गर्न सक्ने खबर छ। उनको £६८ मिलियनको रिलिज क्लज रहेको पनि कुरा छ जुन २०२२मा सुरु हुने छ तर डर्टमन्ड विश्वस्त छन् कि यो वर्ष उनलाई क्लब छोड्न दिने कुनै क्लज छैन।