चेल्सी छोडेर लुकाकु चेल्सीको प्रतिद्वन्द्वी क्लबमा जान सक्ने

चेल्सीका स्टार खेलाडी रोमेलु लुकाकु क्लबमा १ वर्ष पुरा नुहुँदै क्लब छोड्न सक्ने खबर रहेको छ। गत ट्रान्सफर विन्डोमा €११५ मिलियनमा चेल्सी आएका लुकाकुले स्काई सपोर्ट इटालिया सँग कुरा गर्दै चेल्सीमा हाल आफ्नो स्थितिबाट खुसी नरहेको दाबी गरेका थिए भने उनले आफ्नो कोच टुचेलको खेल प्रणालीमा पनि प्रश्न गरेका थिए।

उनको अन्तर्वार्ताबाट चेल्सी कोच टुचेल खुसी थिएनन् भने लुकाकुलाई उनले आइतबार लिभरपुल विरुद्धको खेलमा समावेश गरेनन्। हाल लुकाकु चेल्सी छोड्न इच्छुक हुन सक्ने चर्चा छ भने उनको नयाँ गन्तव्य चेल्सीको लन्डन प्रतिद्वन्द्वी टोटेनह्याम हुन सक्ने जानकारी छ।

खबर अनुसार लुकाकु आफ्नो पूर्व कोच एन्टोनियो कोन्टे सँग पुनर्मिलनको लागि इच्छुक रहेका छन् जो इन्टर मिलानबाट टोटेनह्याममा आएका छन्।

लुकाकुले सपोर्ट इटालिया सँग अन्तर्वार्तामा आफू चेल्सीमा खुसी नरहेको भन्दै बताएका थिए र सो अन्तर्वार्ता उनको धेरै आलोचना भएको छ भने कोच पनि उनी सँग खुसी नरहेको स्पष्ट रहेको बेला लुकाकु टोटेनह्याममा जान सक्ने चर्चा भएको छ।