चेल्सी आफ्नो स्टार खेलाडी बेच्न तयार हुन सक्ने

चेल्सी आफ्नो स्टार स्ट्राइकर टिमो वेर्नरलाई बेच्न तयार हुन सक्ने चर्चा रहेको छ। जर्मन स्टार स्ट्राइकरले चेल्सीमा सोचे अनुरूप प्रदर्शन गर्न सकेका छैनन् भने चेल्सीले लुकाकुलाई साइन गरे पछि अर्को ट्रान्सफर विन्डो टिमोलाई बेच्न सक्ने जानकारी छ।

जर्मन स्टारले प्रिमियर लिग क्लबमा स्थानान्तरण गरेपछि बुन्डेसलिगामा आरबी लाइपजिगको साथ देखाएको जस्तो फम दोहोराउन असफल रहे पछि उनलाई चेल्सीले बेच्न सक्ने धेरै चर्चा रहेको छ।

खबर अनुसार उनलाई साइन गर्न केही क्लबहरू पनि इच्छुक रहेको छ जसमा बार्सा, एट्लेटिको, युभेन्टस जस्ता क्लबहरुको नाम रहेको छ।

चेल्सी र टिमो बीच २०२५ सम्मको सम्झौता रहे पनि उनको प्रदर्शनको कारण उनलाई चेल्सीले बेच्न सक्ने खबर रहेको छ।

चेल्सीको लागि ५९ खेल खेले पनि हाल सम्म टिमो मात्र १३ गोल गर्न सफल भएका छन् भने धेरै उनी चेल्सीमा फ्लप भएको विश्वास गर्दै छन्।