चेल्सी आफ्नो पूर्व स्टारलाई फिर्ता गर्न इच्छुक

प्रिमियर लिग क्लब चेल्सी आफ्नो पूर्व स्टार एडन हजार्डलाई क्लबमा फिर्ता गर्न इच्छुक रहेको जानकारी छ। एडन हजार्ड २०१९मा चेल्सी छोडेर ला लिगा क्लब रियल म्याड्रिड गएका थिए तर रियलमा उनको प्रदर्शन सोचे अनुरूप हुन सकेको छैन र हाल उनलाई चेल्सीले फेरी साइन गर्न सक्ने चर्चा रहेको छ।

चेल्सीमा एक सुपरस्टारको रुपमा रहेका हजार्डलाई २०१९मा रियलले साइन गरेको थियो र उनको लागि रियलले £१०० मिलियन भन्दा धेरै खर्च गरेको थियो तर हजार्डले रियलमा आफ्नो उत्कृष्ट खेल देखाउन सकेनन् र धेरै आफ्नो नयाँ क्लबमा उनले चोटबाट धेरै संघर्ष गरे।

उनलाई साइन गरेको २ वर्ष भए पछि पनि रियलले उनिबाट सोचेको अनुसार खेल नपाए पछि रियल उनलाई बेच्न इच्छुक हुने धेरै चर्चा थियो भने चेल्सीलाई साइन गर्न इच्छुक रहेको जानकारी छ।

चेल्सी उनलाई साइन गर्न इच्छुक रहे पनि उनलाई साइन गर्न £३४ मिलियन भन्दा बढी चेल्सीले खर्च नगर्ने जानकारी छ। उनलाई साइन गर्न चेल्सीले आफ्नो फुल-ब्याक रिस जेम्सको पनि प्रयोग गर्ने योजना बनाएको छ तर रियलले सो प्रस्ताव स्वीकार गर्ने वा नगर्ने ’bout कुनै जानकारी भने छैन।

चेल्सीका कोच टुचेलले पनि हजार्डको गुणस्तर ’bout बोलेका थिए जसको कारण उनी चेल्सी फर्किने चर्चा झन् बढेको छ।