चेल्सी आफ्नो खेलाडी सस्तो मुल्यमा बेच्न तयार

एजेन्सी, इङलिस क्लब चेल्सी आफ्ना इङलिस खेलाडी ट्यामी एब्रह्याम सस्तोमा बेच्न तयार रहेको देखिएको छ। रिपोर्टका अनुसार एब्रह्यामका लागि कुनै पनि खरिदकर्ता नपाएकाले चेल्सी उनको मूल्य घटाउन तयार देखिएको हो।

४० मिलियन पाउन्डमा ट्यामी एब्रह्याम बेच्न चेल्सीलाई गाह्रो परिरहेकाले चेल्सीले उक्त निर्णय लिने देखिन्छ। इङलिस क्लब आर्सनल, एस्टन भिला र वेस्ट ह्याम उनलाई भित्र्याउन इच्छुक रहेको भनिएको छ। चेल्सीको नजर महँगा फर्वार्डहरु माथी परेकाले क्लब उनलाई बेच्न इच्छुक रहेको देखिन्छ।
२३ वर्षका इङलिस खेलाडी ट्यामी एब्रह्याम चेल्सीको एकेडेमीकै उत्पादन हुन्। उनले चेल्सीका लागि ८२ खेलमा ३० गोल गरि सकेका छन्। आफ्नो राष्ट्रिय टोलिका लागि पनि उनले ६ खेलमा १ गोल गरि सकेका छन्।