चेल्सी अर्को चरणमा, टोटेन्ह्याम रोकियो

चेल्सीले एफ ए कपको चौथो चरणमा हल सिटीलाई पराजित गरेको छ ।

शनिबार राति भएको खेलमा चेल्सीले हल सिटीमाथि २–१ को जित निकालेको हो ।

जितसंगै चेल्सी एफ ए कपको पाँचौ चरणमा प्रवेश गरेको छ ।

मिक्की ब्याट्सुवाइले खेलको छैटौं मिनेटमा गोल गर्दै चेल्सीलाई सुरुवाती अग्रता दिलाएका थिए ।

फिकायो तोमोरीले ६४ औ मिनेटमा लण्डन क्लबको अग्रता दोब्बर बनाए ।

कामिल ग्रोसिकीले ७८ औ मिनेटमा एक गोल फर्काएपनि हल सिटीको हार टार्न सकेनन् ।

त्यस्तै, टोटेन्ह्यामले साउथह्याम्टनसंग निराशाजनक बराबरी खेलेको छ ।

शनिबार राति भएको खेलमा टोटेन्ह्यामले साउथह्याम्टनसंग १–१ गोलको बराबरी खेलेको हो ।

सन ह्युङ मिनले ५८ औं मिनेटमा गोल गर्दै टोटेन्ह्यामलाई सुरुवाती अग्रता दिलाएका थिए ।

खेल सकिन तीन मिनेट अगाडी सोफियान बोफालले साउथह्याम्टनलाई बराबरीमा ल्याएका थिए ।

बराबरीको नतिजासंगै टोटेन्ह्याम र साउथह्याम्टन पुन एक पटक भिड्नेछन् ।