एजेन्सी, इंग्लिस क्लब चेल्सी युरोपेली च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
वुधबार राति भएको खेलमा स्पेनको एट्लेटिको मड्रिडलाई पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको हो ।
पहिलो लेगमा १–० गोल अन्तरले विजयी भएको चेल्सीले दोस्रो लेगमा २–० गोल अन्तरको जित दर्ता गर्दा समग्रमा ३–० को नतिजासहित अन्तिम आठमा स्थान बनाउन सफल रह्यो ।
वुधबार राति चेल्सीलाई जिताउनका लागि हाकिम जिएचल ३४ औं मिनेटमा गोल गर्दै चेल्सीलाई अग्रता दलाएका थिए ।
यसैगरी एमर्सन पाल्मेरीले अतिरिक्त समयको चौथो मिनेटमा गोल थपेपछि चेल्सी सहज जितका साथ अघि बढ्यो ।