चेल्सीसंग नाम जोडे पछि ह्याल्यान्डले दियो यस्तो जवाफ

एजेन्सी, बोरुसिया डोर्टमुण्डका स्ट्राइकर एर्लिङ ह्यालान्डले चेल्सीसंग नाम जोडेकोमा खंडन गरेको छ । चेल्सीले ह्याल्यान्डलाई १७५ मिलियन पाउन्ड खर्चिने भन्ने खबरबारे उनले आफ्नो एजेन्ट मिनो राओलासंग कुराकानी नभएको बताएका छन ।

चेल्सीको गोलमा समस्या भए पछि नया स्ट्राइकरको खोजीमा रहेको छ । ह्यालान्ड भित्र्याउन असफल हुने भए पछि चेल्सीको नजर अन्य खेलाडी माथि हुनेछ ।

” हिजो भन्दा अगाडि मैले मेरो एजेन्टसंग कुराकानी नभएको एक महिना भयो, उत्तर त्येही छ ” । ह्यालान्डले पत्रकार सम्मेलनमा बताए ।

” मलाइ आशा छ त्यो मात्र अफ्वाह हो र एक जना खेलाडिलाइ १७५ मिलियन खर्चनु धेरै क्लबले सक्दैन ” ।

” मेरो सम्झौता तीन बर्ष बाकी छ र म यहाँ एक्दम खुशी छु ” ।

डोर्टमुण्डले उनलाइ बिक्रि नगर्ने बताए पनि १७५ मिलियन तिरे बेच्ने राजी हुने देखिन्छ ।