चेल्सीविरुद्ध म्यान्चेस्टर युनाइटेड हारबाट जोगियो

इङलिस प्रेमिएर लिग अन्तर्गत सनिवार राती भएको रोमान्चक खेलमा चेल्सी र म्यानचेस्टर युनाइटेडले बराबरी खेलेका छन् ।

स्ट्याम्फोर्ड ब्रीड्जमा भएको खेलमा चेल्सी र युनाइटेडले १-१ को बराबरी खेलेको हो ।

खेलको पहिलो हाफमा कुनै गोल भएन । दोश्रो हाफको ८६औँ मिनेटमा चेल्सीका लागि जर्जिन्होले पेनाल्टीमार्फत गोल गर्दै घरेलु टोलीलाई अगाडि राखेका थिए ।

थप गरिएको समयको ९४औँ मिनेटमा कासेमिरोले गोल गर्दै युनाइटेडलाई हारबाट जोगाए ।

तालिकामा चेल्सी २० अंक सहित चौथो र १९ अंक सहित युनाइटेड पाँचौं स्थानमा छन् ।