चेल्सीले £५० मिलियन मूल्य रहेको प्रिमियर लिग स्टार साइन गर्न सक्ने

SONY DSC

चेल्सीले लेसस्टर सिटीका डिफेन्डर बेन चिलवेलमा आफ्नो नजर राखेका छ र आउँदो गर्मीमाको ट्रान्सफर विन्डोमा उनलाई साइन गर्न सक्ने छ।

अहिलेसम्म ब्लूजको प्रदर्शन यो सिजन ठिक्कैको रहेको छ, प्रीमियर लिगमा चौथो स्थानमा रहे पनिअझै च्याम्पियन्स लिगको खोजीमा चेल्सी रहेको छ।

कोच फ्रयान्क लाम्पार्डले अहिले सम्म युवाहरुलाई मौका दिएका छन् तर अब चेल्सी नयाँ खेलाडी पनि साइन गर्ने संकेत दिएका छन्।

खबर अनुसार चेल्सीले लेसस्टर सिटीका डिफेन्डर बेन चिलवेल साइन गर्ने छ। उनको मूल्य £५० मिलियन रहेको जुन तिर्न चेल्सी तयार रहेको छ।

चिलवेल यो सिजन निकै राम्रो खेल्दै छन् र उन्ली लेसस्टर सिटिको महत्त्वपूर्ण सदस्य बनेका छन्।