चेल्सीले £४४ मिलियनमा रियल म्याड्रिडका स्टार साइन गर्न सक्ने

स्थान्तरण प्रतिबन्ध हटाइए पछि क्लबले कस्तो प्रतिक्रिया देखाउनेछ भनेर हेर्न चाखलाग्दो कुरा थियो।

फ्रान्क ल्याम्पार्डले यस सीजनमा युवा खेलाडीहरूको साथ अविश्वसनीय काम गरेका छन्, तर यस्तो देखिन्छ कि उनि अहिले टोलीमा केही ठूलो नाम थप्न गर्ने योजनामा देखिन्छ।

हाल प्रिमियर लिग क्लबले रियलका स्टार इस्कोलाई साइन गर्ने चासो देखाएको छ।

खबर छ कि चेल्सीले इस्कोलाई साइन गर्न £४४.४ मिलियनको प्रस्ताव गरेको छ र रियाल म्याड्रिडका अध्यक्ष फ्लोरेन्टिनो पेरेज उक्त प्रस्तावसँग खुसी छन् र यसमा विचार गरिरहेका छन्।

यसमा कुनै शंका छैन कि इस्को एक विश्व स्तरीय प्रतिभा हुन्, उनि मिडफिल्डलाई राम्रो नियन्त्रण गर्न सक्ने खेलाडी हुन् र उनलाई प्रिमियर लिगमा हेर्न रोचक हुने छ।