चेल्सीले £१०० मिलियनमा यी खेलाडी साइन गर्ने

चेल्सी जनवरीमा बोरोसिया डार्टमन्डबाट जादोन सान्चोलाई £१०० मिलियनमा साइन गर्न इच्छुक छन्।

डेली मेलको अनुसार चेल्सीको स्थानान्तरण प्रतिबन्ध हटाइएको छ, र अब क्लबको प्रमुख लक्ष्य सान्चो हुनेछन् ।

चेल्सीले १९ बर्षेका स्टारको लागि क्लब रेकर्ड भुक्तान गर्नुपर्नेछ, जुन करीव १०० मिलियन हुन सक्ने सम्भावना छ, तर क्लबले नयाँ स्ट्राइकर पनि हस्ताक्षर गर्न पनि प्रयास गर्नेछ, टम्मी अब्राहमको उदयको बाबजुद, आर बी लेपजीगका टिमो वर्नर चेल्सीको नजरमा रहेका छन् ।

सान्चोलाई लिभरपुल र म्यानचेस्टर युनाइटेडले पनि साइन गर्न चासो देखाएको कुरा छ।