चेल्सीले लम्ब्यायो सिटिको उपाधी यात्रा

एजेन्सी, ईंग्लिश प्रेमियर लिग अन्तर्गत शनिबार राती चेल्सी र म्यान्चेस्टर सिटि बिच भएको खेलमा चेल्सीले म्यान्चेस्टर सिटिलाई २-१ ले पराजित गरेको छ। चेल्सीको यो जित संगै म्यान्चेस्टर सिटिको उपाधी यात्रा लम्बिएको छ भने चेल्सी अंक तालिकाको तेस्रो स्थानमा उक्लिन सफल भएको छ।
रहिम स्टर्लिङले खेलको ४४ औ मिनेटमा सर्जियो एग्वेरोको पासमा सिटिका लागि गोलको खाता खोले। यस पछी पहिलो हाफको अन्तिम मिनेटमा सिटिले आफ्नो अग्रता दोब्बर बनाउने मौका पाएको थियो।
चेल्सीका बिलि गिल्मोउरले सिटिका ग्याब्रीयल जिसस माथी फल गरेपछि सिटिले पेनाल्टी पाएको थियो। चेल्सीका गोलरक्षक एडोउवार्ड मेन्डीले सर्जियो एग्वेरोको पेनाल्टीलाई गोलमा भने परिणत हुन दिएनन् जस्ले गर्दा सिटिले आफ्नो अग्रता दोब्बर बनाउने मौका गुमायो।
दोश्रो हाफमा चेल्सी खेलमा हावी भयो र ६३ औ मिनेटमा सेजार अज्पुलेसेटाको पासमा हकिम जिएचले गोल गरि चेल्सीलाई पुनः खेलमा फर्काए।
खेलको अन्तिम मिनेटमा सिटिका मार्कस एलोन्सोले टिमो वर्नरको पासमा विजयी गोल गरि सिटिको उपाधी यात्रा लम्ब्याए।
यो जित संगै म्यान्चेस्टर सिटि ८० अंक सहित तालिकाको पहिलो स्थानमा यथावत छ भने चेल्सी ६४ अंक सहित तालिकाको तेस्रो स्थानमा छ। दोस्रो स्थानमा ६७ अंक सहित म्यान्चेस्टर युनाइटेड रहेकोे छ।