बायर्न म्युनिख संगको ३-०को हार पछि चेल्सीले आफ्नो आक्रमण ध्यान दिएको छ र नयाँ स्ट्राइकर साइन गर्ने सोचमा फ्रयान्क लाम्पार्ड रहेका छन्।
चेल्सी संग राम्रो युवा टोलि रहे पनि स्ट्राइकर अभाव स्पष्ट छ, र खबर अनुसार चेल्सीले रियलको स्टार स्ट्राइकर बेन्जेमा साइन गर्न चासो देखाएको छ।
करीम बेन्जेमाको हालको सिजन रियाल म्याड्रिड संग राम्रो रहेको छ, जसले स्पष्ट गर्छ कि अझ पनि उनि धेरै उच्च स्तरमा खेल्न सक्छन।
उनले २४ खेलमा १३ गोलहरू गरेका छन् भने ६ अस्सिस्त पनि गरेका छन्।
उनलाई साइन गर्न चेल्सीले €७० मिलियन तिर्न पर्ने कुरा छ जुन ३२ वर्षको खेलाडी साइन गर्न राम्रो रकम नहुन सक्छ।