प्रिमियर लिग क्लब चेल्सीले एट्लेटिको म्याड्रिडका स्टार मिडफिल्डर शाउल निगुएजलाई साइन गरेको छ। ट्रान्सफर विन्डोको अन्तिम समयमा चेल्सीले उनलाई १ वर्षको लोन सम्झौतामा साइन गरेको छ।
OFFICIAL: Chelsea confirm the signing of Saul Niguez on a season-long loan from Atletico Madrid 🔵 pic.twitter.com/mCrIAQuSfL
— B/R Football (@brfootball) August 31, 2021
एट्लेटिका म्याड्रिडका मिडफिल्डर शाउल निगुएज क्लब छोड्न इच्छुक रहेका थिए भने उनलाई भित्राउने प्रयासमा चेल्सी र म्यानचेस्टर युनाइटेड रहेको थियो र चेल्सी उनलाई साइन गर्न सफल भएको छ। २६ वर्षका मिडफिल्डरको खेल निकै राम्रो रहेको छ भने उनी हाल युरोपको सबैभन्दा उत्कृष्ट मिडफिल्डहरू मध्ये एक रहेका छन्।
खबर अनुसार ट्रान्सफर विन्डो सुरु भए देखि निगुएज चेल्सी सँग सम्पर्कमा थिय र उनलाई यो सिजन लोनमा भए पनि साइन गर्ने चेल्सीको योजना थियो र हाल चेल्सी उक्त योजना पुरा गर्न सफल भएको छ।
OFFICIAL. Confirmed. Saúl joins Chelsea Football Club on a loan move from Atletico Madrid [€5m] with buy option for €40m. Here we go. 🔵🇪🇸 #CFC #DeadlineDay
— Fabrizio Romano (@FabrizioRomano) August 31, 2021
चेल्सी र एट्लेटिको बीच निगुएजको लोनमा सम्झौता भएको छ भने उक्त लोन सम्झौताको अन्त्य भए पछि €४० मिलियन युरोमा उनलाई स्थायी रुपमा साइन गर्न चेल्सी सँग विकल्प हुने जानकारी छ।