चेल्सीले भित्रायो छैठौं नयाँ खेलाडी- आउँदो सिजनको लागि उत्कृष्ट टिम बनाउँदै

चेल्सीले बायर लेभेरकुसेनबाट £८९ मिलियनमा काइ हाभर्टज साइन गरेको छ। लेभेरकुसेनका स्टार चेल्सीको लागि अर्को सिजन अघि छैठौं नयाँ खेलाडी हुन्।

चेल्सीले सिजन सुरु हुने अगाडीको ट्रान्सफर विन्डोको राम्रो संग उपयोग गर्दै गरेको छ र फ्रयान्क लाम्पार्डले आफ्नो टिममा स्टार खेलाडीहरु साइन गर्दै अर्को सिजनको लागि उत्कृष्ट टिम बनाउँदै छन्।

हाभर्टज अगाडी चेल्सीले बेन चिलवेल, थियागो सिल्भा, हकिम जियाज, टिमो वर्नर, र मलांग सार साइन गरेको थियो। यो विन्डोमा चेल्सी अन्य क्लबहरु भन्दा धेरै सक्रिय रहेका छन् भने धेरै खर्च गर्ने क्लब बने बनेको छ।

२१ बर्सका जर्मन स्टार साइन गरे पछि चेल्सीको टिम अझै धेरै बलियो हुने निश्चित छ र चेल्सीले अझै अरु खेलाडी पनि साइन गर्ने खबर रहेको छ। खबर अनुसार अब चेल्सीले नयाँ डिफेन्डर साइन गर्ने छ।